तपाईंको घरको सुन्दरता किचनको सुन्दरतासँग धेरै हदसम्म जोडिन्छ। किचन सुन्दर मात्र भएर पुग्दैन। त्यो प्रयोग गर्न सजिलो हुनुपर्यो। ठाउँको राम्रोसँग प्रयोग भएको हुनुपर्यो। अनि किचनमा जोडिएका समान टिकाउ र किफायती हुनुपर्यो। तपाईंले सुपथ मूल्यमा किन्न सक्ने हुनुपर्यो।
हाम्रो अनुभवी टिमले तपाईंका आवश्यकता सुन्छ। प्राथमिकता बुझ्छ। सबै विषयमा तपाईंलाई खुलस्त सल्लाह दिन्छ र सही निर्णयमा पुग्न सहयोग गर्छ। हामी तपाईंको आवश्यकता अनुसार किचन डिजाइन गर्छौं। त्यस्तो डिजाइनले चार वटा कुरा सुनिश्चित गर्छ— सुन्दर, बलियो, दैनिक प्रयोग गर्न सजिलो र किफायती लागत।
हामी किचनमा युरोपियन कम्पनी फेबरका गुणस्तरीय चुलो र चिम्नी जोड्छौं, ताकि पछि गएर तपाईंलाई झमेला नहोस्। हामीले बनाएको किचनमा तीन वर्षको वारेन्टी दिन्छौं। त्यसपछि पनि मर्मतको सेवा उपलब्ध गराउँछौं।
बजार बुझ्नुस्, हामीसँग किन्नुहोस्। मूल्य र गुणस्तरको ग्यारेन्टी हाम्रो जिम्मा। एक पटक हैन, हामी तपाईंसँग सधैंका लागि जोडिन चाहन्छौं।
प्रतिक्रिया दिनुहोस्